भूकम्पको महाविपतमा नेपाली ललितकलाकर्मीहरूको हातेमालो


– सन्ध्या रेग्मी

 

बैशाख १२, २०७२ (अप्रिल २५ सन् २०१५) शनिवार मध्यान्हर्फ ११ः५६ मा गोरखा एपिसेन्टर भएर गएको ७.८ रेक्टर स्केलको महाभूकम्पले हजारा“ै निर्दोषहरूको ज्यान लियो । लाखा“ैलाखलाई घाइते बनायो र अरबौको भौतिक विनाश ग¥यो । त्यस महाविध्वंशकारी भूकम्पले घर, जमिन र भौतिक संरचनाहरू मात्र हल्लाएन, सम्पूर्ण नेपालीहरूको मन, मस्तिष्क र मुटु नै हल्लायो । विश्वभरिका सम्पूर्ण नेपालीहरूलाई नै रुवायो । नेपाल र नेपालीहरूलाई अति माया गर्ने विदेशीहरूलाई पनि मर्माहत तुल्यायो । सबैभन्दा दुःखको कुरा त मानव जीवनको अकल्पनीय, अतुलनीय र अपुरणीय क्षति हुन गयो ।

त्यस कठोर महाकम्पनका कारण राजधानीको मुटुमा अवस्थित सन् १८३२ मा निर्मित ६० मिटर अग्लो ऐतिहासिक नौ तले धरहरा फेदसम्म ढलेर ध्वस्त हुदा छुट्टीको दिन आङ्खना प्रियजनहरूस“ग त्यस भीमसेन स्तम्भभित्र रमणीय भ्रमण गरिरहेका नेपाली दाजुभाइ र दिदीबहिनीहरूको अत्यन्त दुःखपूर्ण देहावसान भयो । सख्त घाइते भएकाहरूमध्ये पनि कति जीवनभर शारीरिक अपाङ्गताको पीडा भोग्न बाध्य छन् । मेरुदण्डमा चोट लागेकाहरू (Spinal Cord injured) जीवनभर ह्वीलचियरको सहारा लिन बाध्य छन् त कतिले आङ्खनो ज्यान जोगाउनका लागि हातखुट्टा amputation बाट गुमाउनुप¥यो । वसन्तपुर दरबार अवलोकन गरिरहेकाहरूको पनि त्यस्तै दुःखपूर्ण अन्त्य भयो ।

त्यस महाविनाशकारी भूकम्पका कारण देशका ऐतिहासिक धरोहरलगायत काठमाडौ“, भक्तपुर र ललितपुरमा रहेका युनेस्को विश्व सम्पदा क्षेत्र (UNESCO World Heritage Site) का शताब्दी पुराना भवनहरू भत्किएर गए, जसमध्ये नौ तले वसन्तपुर दरबार पूर्णरूपले ध्वस्त भयो । ऐतिहासिक सम्पदा गोरखा दरबार, सात तले नुवाकोट दरबार, प्राचीन वास्तुकलाका अनुपम ऐतिहासिक गहनाहरू तलेजु भवानीको मन्दिर, चा“गुनारायण मन्दिर, बौद्धनाथ, स्वयम्भूनाथ स्तुपलगायत नेपालभरिका दुई सय बौद्ध विहारहरू पनि क्षतिग्रस्त भए । भविष्यका कर्णाधार विद्यार्थीहरूका स्कुल, कलेज र युनिभर्सिटी जस्ता देशका शैक्षिक सम्पदाहरूलाई पनि आणविक विष्फोटन झै“ शक्तिशाली त्यस महाभूकम्पले बा“की छोडेन । भौतिक संरचना र सम्पदाहरू देशका ऐतिहासिक सांस्कृतिक धरोहर कलाकुञ्ज, मठमन्दिर, गुम्बा र दरबार नै किन नहुन्, ती पूर्णरूपले ध्वस्त र नष्ट भए पनि ती सबैको प्राचीन मौलिक वास्तुकला शैलीमै पुनर्निर्माण र पुनरउत्थान सम्भव छ । तर एक पटक मात्र प्राप्त हुने यस मानव जीवनको पुनर्जन्म सम्भव छैन । प्रकृति जगत्को कोषागारमा अहिलेसम्मको सबैभन्दा बढी संवेदना सम्पन्न सञ्चिति भएर रहेको मानिस संसारको सर्वोत्कृष्ट सृष्टि हो । मानव जीवन जति बहुमूल्य यो जगत्मा अरू केही छैन । हजारौ“ भौतिक संरचना, सम्पदा र सम्पत्तिभन्दा एउटै निर्दोष मानव जीवन कति हो कति अनमोल हुन्छ । म शोकमग्न छु ( तिनै ८५०० पवित्र आत्माहरूका लागि जसले अकारण अकस्मात आङ्खनो ज्यान गुमाउनुप¥यो, मृतकका शोकाकुल परिवारहरूका लागि, आमाबाबु गुमाएर अनाथ हुन पुगेका अबोध बालबालिकाहरूका लागि, यस्तै–त्यस्तै महावियोगको पीडा सहन गरिरहेकाहरूका लागि । मानव जीवन कति अनिश्चित, अनित्य र क्षणभङ्गुर रहेछ । खुसी र मुस्कानका मधुर क्षणहरूमा अकस्मात् कालरात्रिको बास हु“दोरहेछ, यहा“ दिउ“सै औ“सीको रात हु“दोरहेछ । मृत्यु नै मृत्युको भय र त्रास छ, जताततै रोदन र चित्कार छ ।

महाभूकम्पको दोस्रो दिन वैशाख १३, अप्रिल २६ आइतवारस् विछिप्त छ मन । निराशा, निरुत्साह छ । यद्यपि क्षतविक्षत मानव जीवन र मानव बस्तीहरूप्रति संवेदित हृदय आफू मात्र सुरक्षित भएर लुकेर बस्न चाह“दैन । हेलमेट लगाई मोटरसाइकल चढेर म मेरी दिदीस“ग ललितपुरबाट बाहिरिएर काठमाडौ“तिर प्रस्थान गर्दछु । बाटोमै स–साना पराकम्पनहरू महसुस हुन्छन् । जतासुकै विनाशै–विनाश छ । त्यही विनाश हेर्न निस्केका मानिसका हूल । उदास–उदास चेहरा । त्रिपुरेश्वरको ढलेको त्रिभुवन सालिक हेर्दै हामी सबैभन्दा ठूलो भीड जमेको सुन्धारा पुग्छौ“ जहाको Historical Monument धरहरा ठुटो मात्र बा“की रहने गरी बञ्चरोले सम्पूर्ण काटिएको रुख झै“ निरीह बनेको छ । प्रवेश निषेध छ, बुल्डोजरहरू चलिरहेछन् ।

हामी वीर हस्पिटलको पेटीनजिक पुग्दछौ“ । हस्पिटलबाहिर सेतो कपडाले छोपिएका लासैलास छन् । शवहरूमाथि फूल चढाएर श्रद्धाञ्जली दिइएको छ । पीडितहरूको शरीर हस्पिटलबाहिरको प्लेटफर्ममा खा“दाख“ँद छ । शोकविह्वल महिला नातेदारहरू ती मृतकका हात पकडी शोकैशोकको चित्कार छोड्दै अन्तिम बिदाइ गरिरहेछन् । हेर्न सकि“दैन यो पीडामय दृश्य, अनुहार अँ“सुले भिजिरहेछ । अहो१ भगवान् पनि कति कठोर बन्न सक्ने रहेछन् ।

मोटरसाइकल पार्क गरेर हामी वसन्तपुर दरबार स्क्वायरतिर लम्कन्छौ“ । ध्वस्त–ध्वस्त मठमन्दिर, मूर्तिहरू, यद्यपि कालभैरव बिनाक्षति विद्यमान छन्, तिनको परिसरका मूर्ति र कु“दिएका कलाकृतिहरू सबै धूलोपीठोमा परिणत भइसकेका छन् । यहा“ पनि सुन्धारामा झै“ प्रवेश निषेध छ, बुल्डोजर भने चलाइएको छैन, किनकि भग्नावशेषमा पुरिएकाहरूमध्ये कतिको जीवित उद्धार गर्ने काम (Rescue of the buried victims) जारी नै छ । यस्तो प्रतिबद्धता लिएर मानवहित र उद्धारका लागि होमिएका कटिबद्ध नेपाली सेना र प्रहरी जवानहरूलाई सलाम !!

टुडिखेलतिर पाइला लम्काउदछौ“ । लाखौ“लाख जीवन यहा शरण लिइरहेका छन् । कोही पालभित्र, कोही खुला आकाशमुनि त कोही गाडी, बस, मिनीबस, ट्याक्सी र प्राइभेट कारभित्र । यति ठूलो भीड टु“डिखेलमा घोडेजात्राको दिन पनि देखिएको थिएन । अगाडिपट्टिको सम्पूर्ण भित्ता ढलेर उदाङ्गो भएको छ ( दरबार हाइस्कुल । वागमतीनजिक जङ्गबहादुरद्वारा मुगल वास्तुकला शैलीमा निर्मित कालमोचन मन्दिर पूर्ण ध्वस्त भई काठ र माटोको धूलोमा परिणत भएको छ । हामी मोटरसाइकलमा कुदिरहेछौ“ कृष्णमन्दिर पुग्नका लागि । मङ्गलबजारमा दाया“ र बाया“ दुवैतिरबाट कतिपय भवनहरू ढल्न–ढल्न लागे झै“ देखिन्छन्, यात्रीहरूकै टाउकोमा बज्रिएला झै“ । पाटन दरबार स्क्वायरभित्र प्रवेश निषेध छ । यहा“ शङ्करनारायण, जगनारायण र उमा–महेश्वरका शिला मन्दिरहरू चकनाचुर छन् । त्यस्तै कृष्ण मन्दिर परिसरका १० वटा अन्य मन्दिरहरू पनि क्षतिग्रस्त छन् ।

त्यसपछि हामी ग्वार्खोको KUSOM (Kathmandu University School of Management) को क्षतिग्रस्त भवन र होस्टेलको निरीक्षण गर्न पुग्दछौ“ । यो विशाल शैक्षिक भवनभित्र प्रशस्तै इन्जिनियरिङ डिजाइन र निर्माण त्रुटिहरू भेटिएका छन् । छात्राहरूको होस्टेल क्षतिग्रस्त भएकाले बिचरीहरू बसभित्र बास बसिरहेका छन् । विश्वविद्यालयको भवनको त यस्तो विजोग छ, अरूको त कुरै नगरौ“ । काठमाडौ“ विश्वविद्यालयले सिन्धुपाल्चोक भूकम्पपीडितहरूका लागि सुरु गरेको राहत वितरण कार्यक्रममा हामीले पनि सानो सहयोग गरी घर फर्कन्छौ“ । घरभित्र पसी टाउकोबाट हेल्मेट उतारी टेबुलमाथि राखेका मात्र के थियौ“, अचानक दिउ“सोको १ बजेर ठीक ८ मिनेट जा“दा ६.७ रेक्टर स्केलको अति शक्तिशाली पराकम्पनले पुनः सबैको सातो जान्छ । अति त हामी पनि छरछिमेककै साथ–साथ धोबीघाट चौबाटोको सरस्वती मन्दिरअगाडिको ठूलो चौरमा शरण लिन पुग्दछौ“ । सरस्वती माताकै नजिकको खुला चौरमा पालमुन्तिर आजको रात बिताउने निधो हुन्छ । यही खुला मैदानले विपतको समय सम्पूर्ण धोबीघाटबासीहरूलाई साथ दिइरहेछ । हरियो दुबोले ढाकेको खुला मैदान र प्रदूषणरहित वातावरणले मानिसलाई मृत्युबाट जीवनतिर लैजान्छ– ‘मृत्योर्मा अमृतम् गमय ।

वैशाख १८, मे १ तारिक शुक्रवारस् ठीक एक साता बितिसकेको छ नेपाली मुटु छिया–छिया भएको । नेपाल आमा पीडा र शोकले आकुल–व्याकुल भएको । पत्रिकाहरू पनि सबै दुःखैदुःखको समाचार र तस्बिरहरूले शोकमग्न छन् । मेरो कलाकार मन भित्रैभित्र रोइरहेछ । अहिलेसम्म पनि आङ्खनो हातबाट उद्धार कार्यको थालनी हुन नसक्दा आत्मग्लानि भइरहेछ । सर्वप्रथम त रक्तदान नै गर्नुपर्दछ । त्यही सा“झ ललितकला प्राज्ञ एवं वरिष्ठ कलाकार श्री शान्तकुमार राईलाई फोन गर्दछु । ‘आ“ गर्दा अलङ्कार बुझ्ने’ कलाकार राई धन्य हुनुहुन्छ । भोलिपल्टै सबै ललितकलाकर्मीहरू नेपाल कला परिषद् बबरमहलमा भेट्ने र उद्धार कार्यको शुभारम्भ गर्ने निर्णय हुन्छ ।

वैशाख १९, मे २ तारिख शनिवारस् ललितकला प्राज्ञ शान्तकुमार राईको प्रधान संयोजकत्व तथा ललितकलाकारहरू रमेश खनाल, नरेन्द्रबहादुर श्रेष्ठ, सन्ध्या रेग्मी, सञ्जय वान्तवा, नवेन्द्र लिम्बू, देवेन्द्र थुम्केली, सुष्मा राजभण्डारी, अर्जुन खालिङ तथा हितमान गुरुङको संयोजकत्वमा महाविपत्तिको सामना गर्न चित्रकार, मूर्तिकार र सबै विधाका ललितकलाकारहरू एक भई भूकम्पपीडितहरूको उद्धारमा जुट्न ‘महाभूकम्पको विपतमा नेपाली ललितकलाकर्मीहरूको हातेमालो अभियान २०७२’ (Nepalese Artists’ Hand In Hand Campaign 2072 for Earthquake Victims) को गठन भयो । नेपाल कला परिषद् बबरमहलमा भेला भएका ललितकलाकारको उदार मनले केही मिनेटभित्रै ५५ हजार रूपैया“ चन्दा सङ्कलन गरे । भोलिपल्टै रक्तदान गर्ने, दिवङ्गत कलाकारका परिवार एवं अन्य घाइतेहरूलाई भेटी राहत प्रदान गर्ने साथै विश्व सम्पदा सूचीमा रहेका काठमाडौ“, भक्तपुर, ललितपुर र अन्य क्षेत्रमा रहेका चैत्य, मठमन्दिर, गुम्बा, विहार र दरबारहरू क्षतिग्रस्त भएकाले ती बहुमूल्य सम्पदाको विशेष सुरक्षाका लागि नेपाल सरकार, युनेस्को र नागरिक समाजमा ध्यानाकर्षण गर्दै विशेष अनुरोध गर्ने समेत निर्णय भयो ।

वैशाख २२, मे ५ तारिख मङ्गलवारस् हामी नक्साल पुग्दछौ“, बालमन्दिरस“ग जोडिएको कलामन्दिर नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (NAFA: Nepal Academy of Fine Art) सीता भवनमा । ल्ब्ँब् भवनको म्युजियम, चन्द्रमान मास्के हल र भित्ताहरू ध्वस्त भएका छन् । National Society of Earthquake Technology (NSEI) का इन्जिनियरहरूको निरीक्षणपछि NAFA टासिएको छ । असुरक्षित भवन ११ वैशाख १ गते मात्र यहा“ प्रधानमन्त्री सुशील कोइरालाद्वारा पाचौ राष्ट्रिय ललितकला प्रदर्शनीको समुद्घाटन भएको थियो । पा“च सय कलाकारहरूका सात सयवटा कलाकृतिहरू प्रदर्शनीमा संलग्न थिए । राष्ट्रका अमूल्य सम्पत्ति हुन् कलाकृति । कतिपय कलाकारहरूलाई आङ्खनो कला प्राणभन्दा प्यारो लाग्दछ । त्यसैले त ‘प्रवेश निषेध’ लेखिएको त्यो जोखिमपूर्ण NAFA भवनभित्र हेलमेट लगाई आधि भत्किसकेका भ¥याङका खुड्किला टेक्दै तेस्रो तल्लासम्म पुगी ती कलाकारहरूले आङ्खना अनमोल थाङ्का पेन्टिङहरू लिएरै फर्किए । वीर नेपाली सेना र नेपाल प्रहरीका उद्धारकर्मीहरूको हात र साथ पाएर NAFA भवनभित्र फसेका सबैजसो चित्र र मूर्तिहरू बाहिर निकाल्ने काम भइरहेको थियो ।

NAFA मा आज बसेको बैठकले कुलपति रागिनी उपाध्याय ग्रेला तथा ललितकला प्राज्ञहरूस“ग भेटी भूकम्पपीडित, सख्त घाइते र घरबारविहीन ललितकलाकर्मीहरूको शीघ्रातिशीघ्र राहतको व्यवस्था गर्न अनुरोध ग¥यो साथै हातेमालो अभियानमार्फत् भइरहेका उद्धार कार्यहरूको प्रतिवेदन पनि कुलपतिसमक्ष पेश ग¥यो । त्यही दिन हामी क्षतिग्रस्त सिर्जना कलेज अफ फाइन आर्ट (लाजिम्पाट), सिद्धार्थ आर्ट ग्यालेरी (बबरमहल) र पुल्चोकका आर्टिस्ट प्रूफ ग्यालेरी र पार्क ग्यालेरीका क्षतिग्रस्त हलहरूको निरीक्षण गर्न पुग्दछौ“ । अन्य क्षतिग्रस्त ललितकला शिक्षण संस्थाहरूमा भोटाहिटीको ललितकला क्याम्पस र काठमाडौ“ विश्वविद्यालय हात्तीवनको कला विभाग पनि हुन् ।

सख्त घाइते ललितकलाकर्मीहरूलाई अस्पतालमा भेटी राहत दिने क्रम जारी नै छ । तदनुरूप वैशाख २३, मे ६ तारिख बुधवार हामी बागबजारको काठमाडौ“ मोडेल हस्पिटल पुग्दछौ“, काठमाडौ“ विश्वविद्यालयको कला विभागमा अध्ययनरत विद्यार्थी कलाकार शर्मिला हेजूलाई भेट्न । भक्तपुरमा आङ्खनो भत्किएको घरभित्र पुरिएकी शर्मिला सख्त घाइते छन्, यद्यपि औषधोपचार र फिजियोथेरापीबाट उनलाई पक्षघात हुनबाट बचाइएको छ । विस्तारै हातका औ“लाहरू चलाउन र बोल्न खोज्दै छिन् । बिचरी बच्ची जस्ती निर्दोष । हातेमालोको राहत वितरण गरी उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ“ । शर्मिलाकी बहिनीको निधन, आमा दाहसंस्कारमा, साथी अस्पतालमा कुरुवा, पीडैपीडा माझ पनि शर्मिलाले मुस्काएर हामीलाई धन्यवादको सङ्केत दिन्छिन् । मानिस हुुनु त यस्तो पो १ कस्तो विशाल हृदय १ कति पवित्र मन १ कति विनम्र भद्र सुशील ११ शर्मिलालाई चाँडै निको होस् भनी प्रार्थना गर्दछौ“ । एक दिन उनी यो देशको ठूलो चित्रकार बन्ने छन् । ललितपुर निवासी कलाकार सुष्मा शाक्य पनि घाइते भई बिछ्यौनामा छन् । हाम्रा सहकर्मीहरू उनलाई भेट्न पुगिसके ।

मध्यान्हको टण्टालापुर घामको परवाह नराखी हामी महाबौद्ध हु“दै जोरपाटी पुग्दछौ“, जहा“को सात तले घर सम्पूर्ण ढल्र्याम्म ढल्दा त्यहा“ डेरा गरेर कलाकारितामार्फत् जीविकोपार्जन गरिरहेका थाङ्का कलाकारहरूको जीवनमा क्षणभरमै कालो बादल छायो । ३५ वर्षीय कलाकार पासाङ लामा आफूले कोर्दै गरेको थाङ्का ‘ह्वाइट तारा’स“ग पुरिएका थिए । भूकम्पको दोस्रो झट्काले टाउकोमा थिचिरहेका इ“टाहरू खसाइदियो, त्यसपछि बल्ल सास फेर्न सम्भव भयो । उनको रू. बीस लाख मूल्यबराबरका थाङ्का पेन्टिङहरू सबै नाश भए । संयोग र बहादुरीले उनले पुनर्जीवन पाए । तर उनीस“ग काम गरिरहेकी थाङ्का चित्रकार लालमाया मोक्तानलाई भने निष्ठुरी कालले चु“डेर लग्यो । हातेमालो अभियानको तर्फबाट समवेदना दियौ“, सान्त्वना र राहत बा“ड्यौ“ ।

वैशाख २४, मे ७ बिहीवार अपरान्ह ५ बजे महाभूकम्पको तेह्रौ“ दिनको सम्झनामा नेपाल कला परिषद् बबरमहलमा सयौ“को सङ्ख्यामा जम्मा भएका ललितकलाकारहरूले दीप प्रज्ज्वलन कार्यक्रम गरी दिवङ्गत मूर्तिकार सुरेश प्रधान र थाङ्का कलाकार लालमाया मोक्तानका साथै सम्पूर्ण मृत आत्माहरूको शान्तिको कामना, सम्झना तथा सख्त घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभका लागि प्रार्थना गरे ।

उपकारी मन, लोक कल्याणकारी हृदय र सहयोगी हातहरूबाट यस अभियानका लागि थप चन्दा सङ्कलन भइरह्यो, राहतकोष रू. ५५ हजारबाट सुरु भई एक हप्ताभित्रै अढाई लाख नाघेर जा“दा सहकर्मीहरूको उत्साह बढेर गयो ।

मङ्गलवार १२ तारिख वैशाख २९ गते गएको ७.४ रेक्टर स्केलको दोस्रो शक्तिशाली भूकम्पको पनि परवाह नराखी हातेमालो अभियानका निडर ललितकलाकारहरू भक्तपुर, सा“खु, ठिमी, जोरपाटी, बौद्ध, नागपोखरी, चा“गु, विजेश्वरी, गोदावरी भ्रमण गरी घरवारविहीन भएका कलाकार र उनका परिवारहरूलाई राहतस्वरूप खाद्य सामग्री, ब्ल्याङ्केट, अस्थायी बसोबासका लागि जस्तापाता र १०–१० हजार रूपैयाँ बा“ड्दै उद्धार कायमै राखे । जेष्ठ ६ गते शनिवार हातेमालो अभियानको आयोजनामा संस्कृतिविद् सत्यमोहन जोशीको हातबाट नेपाल कला परिषद् बबरमहलमा भूकम्पपीडित २६ कलाकारहरूलाई त्रिपाल तथा अन्य राहत सामग्रीहरू वितरण गरियो । टेण्ट, कम्बल र खाद्यको व्यवस्था फूलकुमारी महतो प्रतिष्ठानले गरेको थियो भने पा“च बण्डल जस्तापाता ईको होटेल गु्रपले उपलब्ध गराएको थियो । काठमाडौ“, भक्तपुर, ललितपुरलगायत काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी, धादिङ, दोलखा, मकवानपुर र गोरखाका असङ्ख्य कलाकर्मीहरू घरबारविहीन भएका छन् ।

चित्रकारिता तथा रङ्गको संयोजनबाट भूकम्पबाट त्रसित बालबालिकाहरूलाई भयमुक्त एवं सिर्जनात्मक बनाउन ललितकलाकर्मीहरूले नारायणचौक, टुँडिखेल, एसओएस बालग्राम जोरपाटी, ललितपुर, भक्तपुर र कीर्तिपुरलगायत विभिन्न स्थान र मितिमा चित्रकला कार्यशालाको आयोजना गरे । पेन्सिल कलर, क्रेयोन (व्याक्स कलर) वाटर कलरको माध्यमबाट छात्रछात्राहरूले ‘असल वातावरण’, ‘मेरो घर’ जस्ता शीर्षकहरूमा चित्रकला प्रतियोगितामा सहभागी भई त्रासमुक्त र सिर्जनशील बनेर गीत–सङ्गीतमा पनि रमाएका थिए । “Emotional Healing Through Art Therapy” शीर्षकमा सञ्चालित बाल चित्रकला कार्यशालामा कक्षा १ देखि ८ सम्मका १५० भन्दा बढी छात्रछात्राहरू लाभान्वित भएका थिए ।

जेष्ठ १६ गते, मे ३० शनिवार हनुमान ढोका वसन्तपुर दरबार स्क्वायरको प्राङ्गणमा विपतमा नेपाली ललितकलाकर्मीहरूको हातेमालो अभियानले “Let’s Start” (अब सुरु गरौ“) शीर्षकमा बृहत् भव्य कार्यशालाको आयोजना ग¥यो । कार्यशालाको शुभारम्भ महाभूकम्प गएको समय ११स्५६ मा भएको थियो । वैशाख १२ को महाभूकम्पमा क्षतविक्षत मानवजीवन, ध्वस्त र क्षतिग्रस्त कला सम्पदा र संरचनाहरूको सम्झनामा भावविह्वल भई ९० जना कलाकारहरूले रङ्ग र कुचीको माध्यमले आङ्खनो सिर्जना क्यानभासमा सजाएका थिए ।

कार्यशालामा भूकम्पमा क्षतिग्रस्त र ध्वस्त मठमन्दिर, विहार, मूर्ति, ऐतिहासिक धरोहरहरू विशेषतः वसन्तपुर दरबार र धरहरालाई चित्रकारहरूले क्यानभासमा उतारे । कार्यक्रममा ज्येष्ठ एवं अग्रज कलाकार गोविन्दनारायण ज्यापूले मन्दिरलाई नै क्यानभासमा उतार्नुभएको थियो । कलाकार सञ्जय वान्तवाले भत्किएका सम्पदाहरूलाई मौलिक शैलीमा क्यानभासमा रङ्गाएको दृश्य संवेदनशील थियो । ख्यातिप्राप्त चित्रकारहरू शान्तकुमार राई, रमेश खनाल र ज्योतिप्रकाश विकका चित्रहरू विकास र नवसिर्जना गर्नुपर्ने आशा र उमङ्गका धारमा पोखिएका थिए । मूर्त, अमूर्त दुवै शैलीमा क्यानभासमा उतारिएका चित्रहरूमा कतै बुद्धलाई शान्तिको दूतको रूपमा प्रस्तुत, कतै भूकम्पका स–साना पराकम्पनमा आध्यात्मवाद झल्काउने ‘ॐ’ को आकृति भत्किएको धरहरा, वसन्तपुर दरबार, स्वयम्भू स्तुप, मन्दिरका घण्टहरू, कालभैरवको स्तुप त कतै मन्दिरहरूमा परम्परागत पोशाकमा महिलाहरूले पूजा गरेका दृश्यहरू र कतै धरहराको बिल्कुलै नया“ शैली, वास्तुकला र रङ्गमा नवनिर्माण भएका देखिन्थे ।

मध्यान्हको टण्टलापुर घामको परवाह नगरी भावनामा चुर्लुम्मै डुबी आङ्खना हात, मनमस्तिष्क र मुटुले नै चित्र सिर्जना गरिरहेका कलाकारहरूको भीडमा झुम्मिने दर्शकहरू पनि सयौ“को सङ्ख्यामा उपस्थित थिए । महाभूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक सम्पदाहरूले कलामा पुनर्जीवन पाएको त्यो अनमोल क्षण इतिहासको पानामा लेखिइसकेको छ । त्यस कला कार्यशालाको मुख्य उद्देश्य क्यानभासमा उतारिएका चित्रहरूको छुट्टै प्रदर्शनी गरी ती सबै सिर्जनाहरू बिक्रीमा राखी त्यसबाट सङ्कलित रकम भूकम्पपीडितको उद्धारकोषमा राखिने छ ।

विनाशलाई विकासमा रूपान्तरण गर्ने आवाजका साथ तरुण, जागरुक एवं ऊर्जावान् कलाकार तथा ललितकला प्राज्ञसभा सदस्य श्री ज्योतिप्रकाश विकले जेष्ठ २६ गते मङ्गलवार ७.८ रेक्टर स्केलको महाभूकम्पको ४५ दिनको शोक सम्झनामा ७.८ मिटर लामो र ५६ इञ्च (१.४ मिटर) अग्लो क्यानभासमा वसन्तपुर दरबार स्क्वायरमा उभिई चार घण्टामा लाइभ पेन्टिङ तयार गरी कलाजगत्मा अनुपम उदाहरण पेस गरे । त्यस विशाल क्यानभासभित्र एकातिर भूकम्पमा ज्यान गुमाउनेहरूप्रति समवेदना त अर्कोतिर ऐतिहासिक सम्पदाको पुनर्निर्माण देखाइएको छ । पेन्टिङ मूल्य रू. १० लाख राखिएको छ र बिक्रीबाट प्राप्त रकम प्रम भूकम्पपीडित कोषमा जम्मा गरिने छ । ूज्ञज्ञस्छट बm” शीर्षक राखिएको उक्त लाइभ पेन्टिङ कार्यक्रमको आयोजना ईको होटेलले गरेको थियो ।

त्यही विनाशकारी महाभूकम्पलाई मध्यनजर राखेर जेष्ठ २७ गते बुधवार नेपाल कला परिषद् बबरमहलमा हातेमालो अभियानले ‘पुनः निर्माणमा ललितकलाकर्मी’ विषयक पोस्टर प्रतियोगिताको आयोजना ग¥यो । ललितकला कुलपति रागिनी उपाध्यायबाट उद्घाटन गरिएको उक्त कार्यक्रममा विद्यार्थी एवं कलाकारहरूलाई खाजा वितरण तथा विजयीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । त्यस्तैगरी जेष्ठ २५, २६ र २७ गते कला परिषद्मै भूकम्पको प्रभावसम्बन्धी मूर्तिकलाको तीनदिने मूर्तिकला कार्यशाला पनि सम्पन्न भयो ।

वैशाख २६ गते मङ्गलवार अपरान्ह ६ बजे देश र समाजका लागि समर्पित कलाकार सञ्जय वान्तवाले भृकुटीमण्डप परिसरभित्र भूकम्पमा दिवङ्गत ३५ जना अपाङ्गहरूको सम्झनामा उनीहरूले प्रयोग गर्ने ‘ह्वाइट केन’ लगायत अन्य सामग्रीहरूबाट आफै“ले ऐतिहासिक सम्पदा धरहराको पुनःनिर्माण गरी दीप प्रज्ज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरे । उक्त कार्यक्रममको आयोजना राष्ट्रिय शारीरिक अपाङ्ग सङ्घ नेपाल (National Association of the Physical Disabled) ले गरेको थियो ।

हातेमालो अभियानको ] ‘Let’s Start Project अन्तर्गतको अर्को रोचक, ऐतिहासिक एवं संवदेनशील कलाकृति नेपाल कला परिषद् बबरमहल अगाडिको विशाल भित्तामा काष्ठमण्डपको ‘भित्ते चित्र’ अर्थात् Wall painting (Mural) बनाइयो, जसअनुरूप कलाकार भीÈण राजभण्डारीको नेतृत्वमा ललितकलाकारहरूले भ¥याङमाथि उक्ली–उक्ली बडो मेहनतका साथ भत्किएको वसन्तपुर दरबारको त्रि–आयामिक चित्र त्यस विशाल पर्खालमा सजाइरहे पुनःनिर्माण र पुनःउत्थानको सन्देश दिदै । त्यस विशाल ‘भित्ते चित्र’ को समुद्घाटन नेपाल सरकारका प्रमूख सचिव श्री लीलामणि पौडेलबाट भएको थियो ।

नेपाल आमा शोकैशोकमा डुबेको यस महाविपतको घडीमा देश र विदेशका हरेक सचेत, संवेदनशील र सहयोगी नेपाली र विदेशी मनहरूले क्षतविक्षत मानव जीवनको उद्धार, ध्वस्त सम्पदा र क्षतिग्रस्त संरचनाहरूको पुनःनिर्माण र नेपालको पुनःउत्थानका लागि सक्दो योगदान दिइरहेका छन् । सेना, प्रहरी जवान र कतिपय स्वयंसेवीहरू त उद्धारकर्ममा होमिँदा आङ्खनो अमूल्य ज्यान नै पनि बलिदान गरे । समाजका विविध क्षेत्र ( राजनीति, शिक्षा, स्वास्थ्य, विज्ञान प्रविधि, साहित्य सङ्गीत कला, समाजसेवा, धर्म, आध्यात्मका ज्ञाता, वक्ता, दाता र स्रष्टाहरूले दिइरहेको योगदानको आङ्खनै महत्व छ र त्यसमा पनि कलाकारहरूले वहन गरेको जिम्मेवारी र उद्धार कार्य विशिष्ट, सघन र घनीभूत छ ।

‘हातले मात्र काम गर्ने मानिस श्रमिक हुन्छ । हात र मस्तिष्कले काम गर्ने मानिस बुद्धिजीवी हुन्छ । हात, मस्तिष्क र मुटुले काम गर्ने मानिस कलाकार हुन्छ ।’

कलाकारहरू आङ्खनो चरम भावुकता, संवेदना र शैलीले नै अद्भुत सिर्जना गर्दछन् । ‘महाभूकम्पको विपतमा नेपाली ललितकलाकर्मीहरूको हातेमालो अभियान’ ले चित्रकला, मूर्तिकला र ललितकलाका सबै विधाका कलाकारहरूलाई एउटै समूहमा समेटेको छ र ललितकलाकारहरूले आङ्खना हात, मनमस्तिष्क र मुटु नै अर्पेर पुनःनिर्माण र पुनःउत्थानका मौलिक सिर्जनाहरू गरिरहेछन्, गरिरहेछन् ।

जय ललितकला !!

© 2020 Buddha Harmony Foundation. All rights reserved.






Follow the instructions that will be shown on your screen, and essay writer will revise the document according to your remarks When you are surfing the web thinking, “Who can write my essay for me cheap?” you are probably looking for a reputable company with lots of customer reviews When working with our essay writing service, you are guaranteed to get: Unique texts. Anti-plagiarism check But we’re here to change that! Our college essay help service offers a perfect price-to-quality ratio Welcome to the best essay writing service! Our research paper writers are 100% subject experts. Hire a term paper writer to do your assignment from scratch. The third stage is a personal interview. A good essay writers is a qualified professional with the necessary hard and soft skills intacsaludocupacional.com