News and Photos about ongoing Art Exhibition in Nepal Art Council Babarmahal


चित्रकार सन्ध्या रेग्मी को नवौ एकल चित्रकल प्रदर्शनी को समुद्घाटन

तमसोमा ज्योतिर्गमय” (Guide Me From Darkness to Light) शिर्शकको कलाकार सन्ध्या रेग्मीको नऔ एकल चित्रकला प्रदर्शनीको समुद्घाटन असार २३ गते शनिबार नेपाल कला परिषद बबर्महलमा जर्मनीका महामहिम राजदूत दम्पत्ती रोल्यान्ड शेफरले एक भब्य कार्यक्रममा गर्नु भयो ।

सन २०१३ मा “बुद्धका अनुहारहरु” (Faces of Buddha) शिर्शकको सातौ एकल चित्रकला प्रदर्शनीबाट ख्याती प्राप्त गर्नुभएकी सन्ध्या रेग्मीले नेपाल र बिदेशमा गरी नौ पटक सम्म आफ्न  पेन्टिङहरुको प्रदर्शनी गरिसक्नु भएको छ।

कार्यक्रमका बिशेष अतिथी नेपालका वरिस्ट कलाकार शशी बिक्रम शाहले क्यानन्भासमा घोडाको लाईभ पैन्टिङ चित्र कोरी दर्शकहरुलाई मन्त्रमुग्ध पार्नुभएको थियो भने क्यालिफोर्निया स्टेट युनिभर्सिटीका प्रध्यापक सञ्जय देव बिशेष अतिथी हुनुहुन्थ्यो ।

बुद्ध शान्ति फाउन्देसनबाट आयोजित उक्त कार्यक्रमको सभापतित्तो अखिल नेपाल भिकछु महासंघका महासचिब भिकछु कोन्दन्य महास्थविरले गर्नु भएको थियो।

३३ वटा बत्ती, ॐ, गाएत्री मन्त्र, महाम्रित्युजन्य मन्त्र लगायता आमुर्त र अर्धमुर्त सैलिका चित्रहरु कलाकार रेग्मीको ५ बर्षदेखिको मीहनत, “अन्ध्यारोबाट उज्एलोतिर” (from Darkness to Light), “अस्स्त्येबाट सत्यतिर” (From Falsehood to Truth) र “मृत्‍युबाट जीवनतिर” (From Death to Life) लैजाने सन्देसमुलक छन।

इञ्जिनियरसमेत रहनुभएकी कलाकार रेग्मीले मुलुकमा भएको १० वर्ष लामो गृहयुद्धमा सर्वसाधारण नागरिकमा परेको असहज परिस्थिति, भयलाई प्रस्तुत गर्न आकाश रिसाउँदा समुन्द्रमा रगत बगेको बिम्बमा चित्र तयार गरेको बताउनुभयो ।गायत्री मन्त्रका आधारमा मृत्युबाट जीवन, अन्धकारबाट उज्यालोमा जान सक्ने शिक्षा र सन्देश चित्रमा देखाइएको छ । भूकम्पको समयमा नागरिकमा आएको निराशालाई पनि चित्रबाट देखाउन खोजिएको छ ।

प्रदर्शनीको शुभारम्भ गर्दै नेपालका लागि जर्मनीका राजदूत रोल्याण्ड सेफरले समाजलाई सकारात्मक परिवर्तनका लागि कला क्षेत्र सशक्त माध्यम भएको बताउनुभयो । उहाँले रेग्मीका चित्र वैदिक परम्पराको मौलिकतामा निर्माण भएकाले सिर्जना विशिष्ट रहेको विचार व्यक्त गर्नुभयो ।

वरिष्ठ कलाकार शशीविक्रम शाहले वेदको गहन अध्ययनबाट प्राप्त गरेको शिक्षाका आधारमा कलाकार रेग्मीले कोरेका चित्रले समाजमा सकारात्मक सन्देश दिन दूरगामी प्रभाव पार्ने बताउनुभयो ।

अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौडण्यले बुद्धले बोधिसत्व प्राप्त गरेपछि पनि दिव्य ज्ञानका माध्यमबाट अन्धकारबाट अन्धकार, अन्धकारबाट उज्यालो, उज्यालोबाट अध्यारो र उज्यालोबाट उज्यालोलाई अनुभूत गर्न सकिने शिक्षाका बारेमा उपदेश दिनुभएको अनुत्तर निकायमा सन्देश पाइने जानकारी दिनुभयो ।

१५० भन्दा धेरै दर्शकरुले खचाखच हलमा श्रदेय भिछुहरु ,नेपाल ललितकला प्रतिस्ठानका बरीस्थ कलाकारहरु, प्राग्यहरु, कला समिक्छकहरु,  कलानुरागीहरु, कवि तथा साहित्यकारहरु, बिविन्न देसका पूर्व राजदुतहरु लगायत सेन्ट मेरी स्कुलका आल्मुनाइहरुले खचाखच भरिएको थियो।

 

कार्यक्रमको अर्को आकर्शणमा कलासँग साहित्य र संगीत पनि मिसाउन्दै पैन्टिङरुमा कवी गोपीकृष्ण प्रसाईं र कवी तुसार सुबेदीले क्र्मस नेपाली र अङ्रेजी भाषामा कबिता लेखी वाचन पनि गर्नुभ्एको थियो भने कार्यक्रम उद्गोशक  अङ्रेजी प्रा. डा. सञ्जयकुमार श्रेष्ठले गीतार बजाइ दिप श्रेष्ठ, ओमबिक्रम बिष्ट र नाराएण गोपालको गीत समेतगाउनु भएको थियो ।

प्रदर्शनी असार को ३१ गते सम्म चल्ने छ ।

© 2016 Buddha Harmony Foundation. All rights reserved.