Buddha Harmony Foundation awards the Spinal Injured


बुद्ध शान्ती फोउन्डेशन द्वारा होटेल हार्दिकमा मङ्सिर १६ शनिबार आयोजित कार्यक्रममा ूश्री बुद्ध शान्ती बिमला रेग्मी समाजसेवा पुरस्कार २०७४ू नगद रु सत्तरी हजार ७ जना समाजसेवीहरुलाइ प्रदान गरियो।

बुद्ध शान्ती फोउन्डेशनका सन्स्थापक अध्यक्ष्य इन्जीनियर, साहित्यकार तथा कलाकार् श्री सन्ध्या रेग्मीले स्थापना गर्नु भयेको यो पुरस्कार हरेक बर्श समाजसेवामा अतुलनीय योगदान पुर्यौनुहुने अनुकरणीय सिर्जनशील ब्यक्तित्वलाइ प्रदान् गरिन्छ।
यस वर्षको “श्री बद्ध शान्ति विमला रेग्मी समाजसेवा पुरस्कार २०७४” मेरुदण्डमा चोट लागी पक्षघात भई आजीवन व्हीलचेयरको सहारा लिंदै शारीरिक अशक्तताको बावजुत पनि आफ्नो प्रतिभा र आत्मबलले कला साहित्य, खेलकुद तथा समााजसेवाका विधाहरुमा प्रतिष्ठा कमाई नेपालकै नाम चम्काउन सफल भएका नेपाल स्पाइनल कोर्ड इञ्जुरी खेलकुद संघ (Nepal Spinal Cord Injury Sports Association) का ओझेलमा परेका त्यस्ता ५ जना प्रतिभाशाली Spinal Injured हरुलाई पुरस्कार सम्मान प्रदान गरियो । तथा काठमाडौं विश्वविध्यालय धुलिखेल अस्पातल का २ वरिष्ठ परिचारिका हरुलाई प्रदान गरियो ।
“श्री बुद्ध शान्ति विमला रेग्मी समाजसेवा पुरस्कार २०७४” बाट निम्न प्रतिभाहरुलाई पुरस्कृत सम्मानित गरियो ।

१) सुश्री गायत्री दाहाल (Spinal Injured)
अध्यक्ष, नेपाल स्पाइनल कोर्ड इञ्जुरी खेलकुद संघ, लेखिका तथा समाजसेवी

२) श्री ङवाङ् छिरी शेर्पा (Spinal Injured)
थाङ्का पेन्टर तथा चित्रकार

३) सुश्री सोनिका ढकाल(Spinal Injured)
खेलाडी तथा पौडीबाज

४) सुश्री लक्ष्मी कुँवर (Spinal Injured)
खेलाडी तथा पौडीबाज

५) श्री राम बहादुर तामाङ (Spinal Injured)
राष्ट्रिय कीर्तिमान कायम गर्ने व्हीलचेयर धावक

६) सुश्री रुक्मनी सन्द्याङ (वरिष्ठ परिचारिका) काठमाडौं विश्वविध्यालय धुलिखेल अस्पातल

७) सुश्री विष्णु सिंह धर्ती (वरिष्ठ परिचारिका) काठमाडौं विश्वविध्यालय धुलिखेल अस्पातल

 

सोही कार्यक्रम मा नेपाल स्पाइनल कोर्ड इञ्जुरी खेलकुद संघ (Nepal Spinal Cord Injury Sports Association) का ३० जना व्हीलचियर खेलाडी हरु लाई ूश्री बुद्ध शान्ती सम्मान २०७४ू प्रदान गरियो।

कार्यक्रम को प्रमूख आतिथ्य अखिल नेपाल भिक्षु महासङ का महासचिव भिक्षु कोण्डन्य महास्तविर ले गर्नुभयेको थियो भने सभा को सभापतित्व श्री सन्ध्या रेग्मी ले गर्नुभयेको थियो । कार्यक्रममा भिक्षुहरुले स्वागत गान गर्नु भएको थियो। त्यस सम्मानित सभामा बरिश्ठ आतिथ्य वरिष्ठ न्यूरोसर्जन चिकित्सक श्री डा. वसन्त पन्त ले गर्नुभयेको थियो । कार्यक्रम मा वरिष्ठ समाजसुधारक समाजसेवी वरिष्ठ ओर्थोपेडिक सर्जन डा. गोविन्द केसी , वरिष्ठ मुटुरोग विशषज्ञ डा. प्रकाशराज रेग्मी , नेपाल स्पाइनल कोर्ड इञ्जुरी खेलकुद संघ ९ल्भउब िक्उष्लब िऋयचम क्ष्लवगचथ क्उयचतक ब्ककयअष्बतष्यल० का ६० जनलगायत १०० जन भन्दा बढी बरिश्ठ सहित्यकारहरु, भिक्षुहरु, लगायत् समाजका विविध विधा हरुका सर्जक हरु को उपस्थिती थियो ।
समारोहमा नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघ (Nepal Spinal Cord Injury Sports Association) बाट “स्पाइनल इन्जुरी पछिको जीवन” (Life After Spinal Injury) परिचयात्मक कार्यक्रम पनि प्रदर्शित गरिएको थियो ।

बुद्धको शान्ति प्रतिको अनुरागलाई सिर्जनासँग आवद्ध गरी भाषा–साहित्य, ललितकला, सङ्गीत, ज्ञान–विज्ञानलगायत विविध सिर्जनात्मक विधाहरुको विकास, सम्बर्धन र प्रवर्धन गरी जगतभरी प्रज्ज्वलित गौतम बुद्धको प्रतिष्ठा एवं नेपालको गौरव अझै चम्काई नैतिक मान्यताहरुमा आधारित प्रेम वात्सल्य र भातृत्वपूर्ण समाजको स्थापना गर्ने उद्देश्यले जेष्ठ ३२, २०७३ मा बुद्ध शान्ति फाउण्डेशनको स्थापना भएको हो ।
यस संस्थाका विविध उद्देश्यहरु मध्येको एक – ओझेलमा परेका प्रतिभाशाली स्रष्टाहरु एवं समाजमा विशिष्ट योगदान पु¥याइसकेका प्रतिष्ठित स्रष्टाहरुलाई सम्मान अभिनन्दन एवं पुरस्कृत गर्ने उद्देश्यानुरुप २०७४, आषाढ ३१ मा “श्री बुद्ध शान्ति कमल राज रेग्मी साहित्य पुरस्कार २०७४”( रु. पचास हजार) बाट नेपालको पूर्वी भूभाग खोटाङको सामान्य परिवारबाट उठेर नेपाली साहित्य, संस्कृति, शिक्षा, समाजसेवा एवं कलाका बहुविधामा दीगो योगदान पु¥याउनु भएका वरिष्ठ सञ्चारकर्मी, साहित्यकार एवं उद्घोषक श्री दाहाल यज्ञनिधिलाई पुरस्कृत सम्मानित गरिएको थियो ।

© 2016 Buddha Harmony Foundation. All rights reserved.